वडा नं. १२ मा निशुल्क स्वास्थ्य शिविर

९ मंसिर २०७६, सोमबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  सिमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुंच बढाउन नेपालगन्ज उपमहानगर भित्र निशुल्क स्वास्थ शिविर सन्चालन गरिएको छ ।
युनिक नेपालको सुन्दर शान्त परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा एक दिने निशुलक स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।
सो स्वास्थ शिविरको उद्दघाटन सत्रमा बोल्दै वडा नं. १२ का वडाध्यक्ष बुद्विसागर सुवेदीले आफ्ना नागरिकको स्वास्थ्य परिक्षण नेपालको सविधानमा उल्लेखित स्थानीय सरकारको दायित्व अन्र्तगत तथा सबैको पहुँच पुगोस भन्नका निमित्त शिविरको आयोजना गरिएको बताए ।
उनले यस भन्दा अघाडि पनि यस्ता खालका कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै जाने जानकारी दिए ।
यस्तै नागरिक संबाद समुहका अध्यक्ष साहिल अन्सारीले स्वास्थ चेकजाँचमा सबैको पहुँच पु¥याउन यस्ताखालका कार्यक्रम स्थानीय सरकारकातर्फबाट हुन जरुरी रहेको बताए । साथै उनले यस्ता कार्यक्रममा स्थानीय सरकारको भुमिका जति जिम्मेवार हुन्छ, नागरिक समाजको भुमिका पनि उत्तिकै महत्वपुर्ण हुने उल्लेख गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को वडा कार्यलयमा भएको शिविरमा उपमहानगरपालिका वडा नं. १२ का करिव २ सयले स्वास्थ चेकजाँचको सेवा लिएको आयोजकले जनाएको छ ।

Next Post

युवा सशक्तिकरण परियोजनाको अनुगमन

९ मंसिर २०७६, सोमबार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित युवा शशक्तिकरण बुलगारी परियेजनाको सोमबार सरोकारवालाले अनुगमन गरेका छन् । परियोजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रममा सहभागि भएका युवाहरुको वर्तमान अवस्था अध्ययन गर्न सोमवार सरोकारवालाले अनुगमन गरेका हुन् । कार्यक्रममा सहभागि भएका नेपालगञ्ज उमहानगरपालिका वडा नं. ७, १५, १ र जानकी गाउँपालिका नं. ३ मा केही युवाहरुले […]