२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

विप्लवका दुई कार्यकर्ता प्रहरीको नियन्त्रणमा



सदरलाइनडटकम,
बर्दिया : नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका ३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिवार राति प्रचार सामग्री टाँस्दै गर्दा नियन्त्रणमा लिइएको जिल्ला बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार
ताजा समाचार