२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



सदरलाइनडटकम,
बर्दिया : मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा गुलरिया १ का ३५ वर्षीय राजेश यादवको मृत्यु भएको हो ।
खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मंसिर ५ गते बिहीबार
ताजा समाचार