प्रधानमन्त्री ओलीको युरेटरबाट स्टेन निकालियो

३० कार्तिक २०७६, शनिबार १४:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको युरेटर अर्थात् पिसाब नलीमा राखिएको स्टेन निकालिएको छ । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली शनिवार धापासी स्थित ग्रान्डी अस्पताल गएका हुन् । सोही क्रममा उनको युरेटरबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको युरेटरमा कात्तिक १३ गते स्टेन राखिएको थियो । त्यो बेला उनको दुईपटक डायलासिस भएको थियो । प्रधानमन्त्री ओलीको अहिलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनका लागि विभिन्न परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । स्वास्थ्य परीक्षण खासगरी प्रधानमन्त्री ओलीको मिर्गौलाको अवस्था कस्तो छ भन्नेमा केन्द्रित रहेको छ ।
उनमा क्रेटिनाइनको मात्रा कस्तो छ भन्ने बारेमा पनि परीक्षण भएको छ । प्रधानमन्त्री ओलीले तिहारका बेला दुईपटक डायलासिस गरे पनि त्यसयता गर्नु परेको छैन । उनको स्वास्थ्यमा सुधार आएको छ । तर भावी उपचारका लागि डाक्टरहरुबिच परामर्श भइरहेको छ ।
त्यसकै लागि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्या सिंह शाह अमेरिका गएकी थिइन् । यस्तै भारतका डाक्टरहरुसँग पनि छलफल भइरहेको छ । ओलीको अहिलेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर भावी उपचारको थप योजना बनाउने तयारी भएको छ ।

Next Post

पशुु कल्याणमा जुट्दै नेपाल प्रेस इन्स्टिच्युुट

३० कार्तिक २०७६, शनिबार १४:१२
सदरलाइनडटकम, हेटौडा : बिगत लामो समयदेखि पत्रकारिताका विविध विषयमा पत्रकारहरुलाई प्रशिक्षण दिँदै आएको नेपाल प्रेस इन्स्टिच्युुटले पशुु कल्याणका बिषयमा पनि चासो देखाएको छ । पशुु कल्याणका बिषयमा चासो नदिँदा समग्र बातावरण संरक्षणमानै विभिन्न असर देखा परेपछि इन्स्टिच्युुटले चासो देखाएको इन्सिच्युुटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताए । प्रदेश ३ को राजधानी मकवानपुुरको […]