सदरलाइनडटकम,
कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले गत कत्तिक२० गतेदेखि घर छाडेर भारततर्फ हिडेका ४ जना बालकलाई खेजतालस गरी परिवारको जिम्मा लगाएको छ ।
इप्रका कोहलपुरका ईन्चार्ज हेमबहादुर शाहीले कोहालपुर नगरपालिका वडानं.१२ का १२ वर्षिय प्रकाश बिक, बर्ष ११ को दिपक तिरुवा, बर्ष १३ को श्याम बिक र बर्ष १२ को बिक्की बिकलाई नेपालगन्जको चौलिक्का चोक नजिकै फेलापारी परिवारको जिम्मा लगाइएको बताए ।
उनीहरुका अभिभावकले २० गतेदेखि नै घर छाडेर हिडेको भन्दै खोज तलासको लागि कार्यालयमा निबेदन दिएका थिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा आज २७ गते भारततर्फ जादै गरेको अवस्थामा नेपालगन्जको चैलिकाचोक नजिकबाट फेला पारीएको प्रहरीले जनाएको छ ।