विविध कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाईंदै

२५ कार्तिक २०७६, सोमबार १४:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखितरुपमा ल्याउन शुरुवात गरेका थिए ।
उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।
करीब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ ।

Next Post

अश्लील भिडियो बनाउने तीन जना पक्राउ

२५ कार्तिक २०७६, सोमबार १४:५६
सदरलाइनडटकम, दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले अपहरण गरी युवा र युवतीलाई बन्धक बनाएर अश्लील भिडियो बनाएर पैसा माग्ने तीनजना युवालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहागरपालिका ३ खमारी निवासी १९ वर्षीय विमल वली, सोही ठाउँ निवासी १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको […]