विकास हुन नसकेको प्रति पूर्वराजा असन्तुष्ट

१२ कार्तिक २०७६, मंगलवार १५:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा राजनीतिक परिवर्तन भएपनि विकास र प्रगति हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । कमलादीस्थित बहिनी शोभाराज्य लक्ष्मीको हातबाट भाइटीका ग्रहण गरेपछि देशको अवस्थबारे सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै परिवर्तनका दुईवटा शर्त पूरा नभए परिवर्तनकारीनै अफ्ठ्यारोमा पर्ने संकेत गरेका हुन् ।
पूर्वराजा शाहले विकास जनताले सहजरुपमा अनुभव गर्न पाउनुपर्ने पनि दाबी गरे । ’विकास भन्ने कुरा सर्वसाधरणले सहजरुपमा अनुभव गर्नुपर्ने कुरा हो’, उनले भने, ’तर आज (भाइटीका) कसैको कुरा काट्ने या खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त र सुखी वातावरणमा बस्ने दिन हो ।’ उनले नेपाली दाजुभाई तथा दिदीबहिनीलाई तिहारका अवसरमा शुभकामना दिँदै देशको परिस्थितिबारे केही हप्ताअघि दशैँका अवसरमा दिएको सन्देश पनि स्मरण गरे । ’त्यही सन्देश फेरि मनन गर्न आग्रह गर्छु ।
सबैले यो अवसर पाउन्’, उनले भने, ’केही दिनअघि हामी सबैले लक्ष्मीपूजा मनाएका थियौँ । धेरैले भएको धन नमासियोस भनेर प्राथर्ना गरे होला । कतिले भएको धन अझै बढोस भन्ने अभिलाषा राखे होला । मैले भने धन हुनेले मन पाओस र मन हुनेले नेपालीपन पाओस भनेर प्राथर्ना गरेको थिएँ ।’ उनले त्यसक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सम्झिए । देवकोटालाई कविवरको संज्ञा दिँदै उनले सुख आफैँ भित्र खोजिनुपर्ने बताए ।

Next Post

मधेशी समुदायमा भुर्की पूजेर मनाइयो भैयादुज

१२ कार्तिक २०७६, मंगलवार १५:२४
सदरलाइनडटकम, नेपालगञ्ज : पहाडी समुदायमा दाजुभाइको सुख, शान्ति र दीर्घायूको कामना गर्दै तिहारमा भाइटीका लगाएझैँ पश्चिम नेपालका मधेशी समुदायमा मंगलवार भैयादुज अर्थात् भुर्की पूजा गरी मनाईंदै छ । तिहारको अन्तिम दिन भैयादुजमा भुर्की पुजन गरी सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आआफ्ना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाएर मनाउने […]

सम्बन्धित