सदरलाइनडटकम,
रोल्पा : उपराष्ट्रपति नन्दबहादुर पुन पुर्ख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकालपछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।
उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका तय रहेको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।
स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाँकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए ।
Next Post
विप्लवका सल्यान जिल्ला सदस्य पक्राउ
९ कार्तिक २०७६, शनिबार १४:०१
सम्बन्धित
-
१९ बैशाख २०७४, मंगलवार १०:३३
बाँकेमा अझै ७ सय ७ थान लाईसेन्सी हतियार बुझाउन बाँकी
-
२९ फाल्गुन २०७३, आईतवार १९:३०
शिखर प्लाईको कारखाना ‘मोर्डन डोर्स एण्ड उड’मा भिषण आगलागी नियन्त्रण प्रयास जारी
-
१९ भाद्र २०७६, बिहीबार १६:४७
जाजरकोटमा उद्धार गर्दागर्दै बच्चा जन्मियो
-
१४ फाल्गुन २०७४, सोमबार १८:३२
नेपालगन्ज उप–महानगरको फोहर व्यवस्थापनमा हिमालयन बैंकको साथ
-
२३ फाल्गुन २०७५, बिहीबार १७:५५
नेपालगञ्जका वडाध्यक्ष जोलाहमाथि कुटपिट
-
९ भाद्र २०७८, बुधबार १५:५६
फेरी भर्न थाल्यो भेरी अस्पतालको कोभिड वार्ड