महाराष्ट्र र हरियाणामा मतगणना जारी

७ कार्तिक २०७६, बिहीबार १३:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा भएको विधानसभा चुनावको मतगणता जारी छ । दुवै राज्यमा भारतीय जनता पार्टीको गठबन्धनले अग्रता लिएको छ । तर हरियाणामा निकै कडा प्रतिस्पर्धा देखिएको छ ।
महाराष्ट्रमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन सत्तामा निरन्तर कायम रहने स्पष्ट जस्तै देखिएको छ । तर हरियाणामा भने भाजपालाई सत्ता जोगाउन मुश्किल पर्ने देखिएको छ । महाराष्ट्रको २८८ विधानसभा सिट मध्ये १६४ मा भाजपा गठबन्धनले अग्रता लिएको छ । कांग्रेससहितको गठबन्धन ९४ तथा अन्यले ३० सिटमा अग्रता लिएका छन् ।
यस्तै कुल ९० सिट रहेको हरियाणा विधानसभामा भाजपा गठबन्धनले ३९ तथा कांग्रेस गठबन्धनले ३१ सिटमा अग्रता लिएको छ । अन्यले २० सिटमा अग्रता लिएका छन् ।
(एजेन्सी)

Next Post

बृहद खजुरा सम्मेलन जारी विभिन्न कार्यपत्र प्रस्तुत, आजै समापन हुने

७ कार्तिक २०७६, बिहीबार १३:२०
सदरलाइनडटकम, नेपालगञ्ज  :  बाँकेको खजुरा गाउपालिकाको आयोजनामा बृहत खजुरा सम्मेलन अन्तरगत आज बिहीबार पनि विभिन्न कार्यपत्र प्रस्तुत र छलफल सञ्चालनमा छ । समग्र खजुराको विकासको लागि दिर्घकालिन योजनामा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको सो सम्मेलन ‘गैसस’ उद्देश्य मोडलमा सञ्चालन भई रहेको छ । बिहीबार विहानको पहिलो सत्रमा इन्जिनियर विवेक लामिछानेले […]