बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सरसफाई अभियान

४ कार्तिक २०७६, सोमबार १८:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँके राष्ट्रिय निकुञ्जले पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुले निकुञ्ज क्षेत्रभित्रमा सडकको दुबै छेउमा फालेको फोहर संकलन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.रामचन्द्र कँडेलको प्रमुख आतिथ्यमा बाँके राष्ट्रिय निकुञ्ज कार्यलय ओभरी बाँके र श्रीमेहर गण ओभरी बाँकेको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको ८० किलोमिटिरमा आवत जावत गर्ने यात्रुले फालेको पानीको बोतल, प्लास्टिक जन्य फोहर करिव २ हजार किलो संकलन गरी व्यवस्थापन गरिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
सो अवसरमा निकुञ्ज क्षेत्र भएर आवतजावत गर्ने सवारी चालक, यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको वारे जनचेतना जगाउनुको साथै निकुञ्ज क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई कायम राख्नको लागि सबैको सहकार्य हुनु पर्ने कुरामा जोड दिईएको थियो ।
कार्यक्रममा मध्यपश्चिम पृतना तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश कार्की, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव युवराज रेग्मी, श्रीमेहर गणका गणपति जीवन शर्मा, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारीहरु, मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरु, सशस्त्र प्रहरी सुरक्षा वेसक्याम्प शम्शेरगंजका प्रतिनिधिहरु, शम्शेरगंज प्रहरी चौकीका प्रतिनिधि लगयत २५० जनाको सहभागिता रहेको थियो ।

Next Post

खजुरा सम्मेलनको तयारी तीब्र

४ कार्तिक २०७६, सोमबार १८:५१
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाको आयोजनामा कात्तिक ६ र ७ गते बृहत खजुरा सम्मेलन हुने भएको छ । ज्ञानोदय नमूना माविमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा रहेको सोमवार पत्रकार सम्मेलनमार्फत जनाइएको छ । सम्मेलनलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न खजुरा गाउँपालिकाका शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा वहृत खजुरा विकास […]