रुपैडिहा बोर्डर कात्तिक ४ गतेसम्मका लागि बन्द

२ कार्तिक २०७६, शनिबार १९:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा कात्तिक ४ गते हुन लागेको विधान सभाको उपनिर्वाचनमा सुरक्षाको दृष्टिकोणले आज शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत बोर्डर शिल गरिएको छ ।
भारतमा हुने उपनिर्वाचनको कारण रुपैडिहा बोर्डर आगामी कात्तिक ४ गतेसम्मको लागि आवत जावत बन्द हुने छ ।
बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओलीले दिएको जानकारी अनुसार भारतको बहराईच बिधान सभा बलाह (आ.जा.) २१ अक्टोबर अर्थात कात्तिक ४ गते हुने उपनिर्वाचनको कारण बाँके बर्दियासंग सिमान जोडिएको क्षेत्रमा कात्तिक ४ गते साँझ ६ बजेसम्मका लागि नेपाल–भारत सीमा क्षेत्रबाट आवत जावत बन्द रहने छ ।

Next Post

लायन्स क्लव अफ नेपालगञ्जको शुभकामना आदान प्रदान

२ कार्तिक २०७६, शनिबार १९:३२
सदरलाइनडटकम, नेपालगञ्ज   : लायन्स क्लव अफ नेपालगन्जले विभिन्न पर्वहरुको अवसर पारेर शुभकामना आदन प्रादा कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२का पूर्व डिष्टिक गर्भनर मधुसुदन शर्मा रिजालको प्रमुख आतिथ्यता र सेम शाक्यको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँके र बर्दियामा समाज सेवाको क्षेत्रमा कृयिाशिल विभिन्न लायन्स क्लवहरुबाट […]