सदरलाइनडटकम,
काठमाण्डौं : प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनीमाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका हुन ।
१५ असोजमा सभामुख पदबाट राजिनामा दिएका महरालाई जिल्ला अदालतको आदेशमा गत १९ असोजमा प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो ।
उनी दसैंको बिदाको दिन अर्थात् अष्टमीमा पक्राउ परेका कारण अदालत बन्द भएपछि प्रहरी हिरासतमा थिए ।
मंगलबार अदालत खुलेसँगै महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरेको थियो ।
महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेपछि महरालाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । हिरासतमा रहेकै बेला उच्च रक्तचापको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिम अस्पताल भर्ना गरिएको थियो ।