कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा शुरु

२७ आश्विन २०७६, सोमबार १६:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारत प्रशासित कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा शुरु गरिएको छ । गत अगष्ट ५ मा भारत सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेसँगै कश्मीरमा मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट बन्द गरिएको थियो ।
मोबाइल फोन सेवा शुरु भएसँगै झण्डै ४० लाख पोस्टपेड मोबाइल सेवा प्रयोगकर्ता पुनः सञ्चारमा जोडिने अनुमान गरिएको छ । यद्यपि प्रिपेड मोबाइल सेवा प्रयोगर्ताका लागि भने सञ्चार सेवा शुरु गरिएको छैन । यद्यपि इन्टरनेट सेवा भने बन्द हुनसक्ने जनाइएको छ । अधिकारीहरुका अनुसार गएको पछिल्लो महिनादेखि ८० प्रतिशत ल्याण्डलाइनले काम गर्न शुरु गरिसकेका थिए तर धेरै मानिसहरुसँग ल्याण्डलाइनको सम्पर्क पनि छैन ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि दुई महिनाभन्दा बढी समयपछि परिवार र साथीहरुसँग सम्पर्क गर्न सम्भव भएको भन्दै खुशी व्यक्त गरेका छन् । गन्देरबल जिल्लाका डा. सइद जहूर गीलानीले सोमवार दिउँसोदेखि आफ्नो मोबाइल सेवाले काम गर्न थालेको बताए ।
‘मैले पहिलो फोन श्रीमतीलाई गरेको थियो तर उनको मोबाइल सेवा प्रदायकले सञ्चार सेवा शुरु नगरेका कारण कुरा हुन सकेन’, उनले भने । तर गीलानीले हैदराबादमा रहेका आफन्तहरुसँग सम्पर्क भएपछि कुरा गरेको बताए । सञ्चार क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण कश्मीरमा मात्रै १ दशमलव ४ बिलियन डलर घाटा भएको र हजारौँले जागिर गुमाउनु परेको कश्मीर चेम्बर अफ् कमर्सले जनाएको छ ।
(एजेन्सी)

Next Post

सोभियत संघभन्दा द्रूत गतिमा भूमण्डलीकरणको अन्त्य हुने सम्भाबना

२७ आश्विन २०७६, सोमबार १६:३१
–लोकनारायण सुबेदी उतिबेला नब्बेको दशकमा सोभियत संघको बिघटनलाई एकथरी बिश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र बिश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित बिश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द एण्ड अफ हिस्टी«’ मा ‘इतिहासकै अन्त्य’को घोषणा गरिदिएका थिए । अनि यसका अतिरिक्त उनले त्यतिबेला ‘अब एकीकृत भबिष्यको बिश्व रचनाको […]