चाडपर्वसँगै स्वदेश फर्किंदै नेपाली

१५ आश्विन २०७६, बुधबार १६:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु फर्किन थालेका छन् । नेपालगञ्ज नाका भएर दैनिक हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका छन् । बिहानैबाट नेपालीहरु भित्रिन शुरु हुने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।
भारतबाट फर्किने नेपालीको सहयोगका लागि नाकामा सहायता कक्षसमेत स्थापना गरिएको छ । भारतीय सवारी साधनबाट रुपईडिहा पुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी त्यहाँ पठाइएको उनले जानकारी दिए । प्रहरी नायब निरीक्षक रिजालका अनुसार रिक्सा, टाँगावालाबाट ठगिन नदिन सतर्कता अपनाइएको छ ।
नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको प्रहरीले बताएको छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाई छ ।

Next Post

पाँच किलो अफिमसहित एक पक्राउ

१५ आश्विन २०७६, बुधबार १६:५५
सदरलाइनडटकम, रुकुम पश्चिम : प्रतिबन्धित लागुऔषधसहित रुकुम पश्चिममा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका ५ गोलचौरका ३२ वर्षीय रन्जित खत्रीलाई प्रहरीले पाँच किलो अफिमसहित पक्राउ गरेको हो । भाग्न खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । बाँफीकोट गाउँपालिकाको मग्मा, नदुवालगायत विभिन्न वडामा अवैध लागूऔषध […]