सदरलाइनडटकम,
खजुरा (बाँके) : लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्ज, खजुरा र न्यू भिजन नेपाल पोलिक्लिनिक प्रालि खजुराको संयुक्त आयोजनामा खजुरा स्थित ज्ञानोदय नमुना माबिमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । संविधान दिवसको अवसर पारेर आयोजित शिविरमा दाँत, कान र आँखाको परिक्षण तथा उपचारसमेत गरिएको हो ।
बिद्यार्थीसंग लायन्स, हामी सेवा गर्छौ भन्ने नाराका साथ गरिएको शिविरमा बिद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एकमाया बिकले स्वास्थ्य जनताका आधारभूत आवश्यकता भएकाले यसतर्फ खजुरा गाउँपालिका सचेत रहेको बताईन् ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा भएको निःशुल्क दाँत, कान र आँखाको परीक्षणमा एक हजार बढीले सेवा लिएको ज्ञानोदय नमुना माबि ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।
Next Post
गनापुरस्थित चारलेन सडकमा वृक्षरोपण
४ आश्विन २०७६, शनिबार १७:५०
सम्बन्धित
-
२४ बैशाख २०७७, बुधबार २३:१०
मंगलबार संकलन गरिएको स्वाब सबैको नतिजा नेगेटिभ
-
५ पुष २०७६, शनिबार १५:३०
गोठमा आगलागी हुँदा गुल्मीमा एकको मृत्यु
-
३ जेष्ठ २०७७, शनिबार १६:५७
थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७८
-
१७ श्रावण २०७३, सोमबार १३:१३
लागूऔषध नियन्त्रणको लागि सीमा क्षेत्रमा नेपाल प्रहरीको ‘डग स्क्वाड’
-
२८ पुष २०७९, बिहीबार १६:४५
नेपालगञ्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागु
-
२५ बैशाख २०७५, मंगलवार १७:५४
बिजोग क्षेत्रीय अस्पताल