प्रदेश राजधानी यसैवर्ष टुंगो लाग्छ : मुख्यमन्त्री पोख्रेल

२ आश्विन २०७६, बिहीबार १७:५९
 

सदरलाइनडटकम,
अर्घाखाँची : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताएका छन् । निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप खेपिरहेका मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् ।
सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै भएपनि राम्रो बनाउन आफूहरु लागिपरेको बताए । जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिन दुई दिनको समय तय गरि अर्घाखाँची पुगेका मन्त्री पोखरेलले प्रेस संगठन नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ ।
संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको उनले बताए । प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए ।

Next Post

खुकुरी प्रहारबाट दुई घाइते, आक्रमणकारीको खोजी तीब्र

२ आश्विन २०७६, बिहीबार १७:५९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जको धम्बाझि चोक नजिक सुर्खेतरोडमा रहेको स्वागत रेस्टुरेन्टमा दुई समुहबीच भएको झडपमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई दुई जनाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिव सिंहले असोज १ गते राति […]