‘कर्णालीका जनताले घरदैलोमै सहज र सुलभ स्वास्थ्य सेवा पाउने’

२९ भाद्र २०७६, आईतवार ११:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  शहरी विकास मन्त्री मो.इश्तियाक राईले कर्णाली प्रदेशको विरेन्द्रनगरमा प्रदेश अस्पतालको निर्माणपछि अब कर्णालीका जनताले सहज र सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको ३ सय शैयाको नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन । मन्त्री राईले प्रदेश सरकारले गौरवको अस्पतालका रुपमा यो अस्पताललाई अगाडि बढाएको भन्दै सेवा प्रवाहलाई प्राथमिकता दिन प्रदेश सरकारलाई सुझाव दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत नै अस्पतालको सेवा प्रवाह विस्तार तथा आधुनिकिकरण गर्ने गरी बजेट ल्याएको भन्दै अव सोही बमोजिम अस्पतालबाट सेवा प्रवाह हुने बताए । उनले प्रदेश सरकारले ३ सय शैयाको अस्पताल बनाउने लक्ष्य सहित काम अघि बढाएको जानकारी दिदैं अव थप आवश्यक पूर्वाधार बनाइने बताए । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारले अस्पताललाई आफू मातहत ल्याएसंगै यसको स्तरोन्नति गर्नतर्फ केन्द्रित बनेको जनाए ।
करिव ५४ करोडको लागतमा निर्माण गरिएको भवन सम्झौता मितिको ६ महिना अगावै सकिएको हो । प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. डम्मर खड्काले अस्पतालको भौतिक पूर्वाधारको विकासका साथै अव जनशक्ति र उपकरण थप गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गरे ।
सो अवसरमा उक्त भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
उक्त अस्पताल भवनको निर्माण पुरा भएपछि अब कर्णालीका जनताले उपचारका लागि नेपालगञ्ज र काठमाण्डौ जाने समस्याबाट क्रमशः मुक्ति पाउँदै जाने विश्वास स्थानीयले गरेका छन् ।

Next Post

मन्त्रीलाई दुर्व्यवहार गर्ने ज्ञानेन्द्र शाही पक्राउ

२९ भाद्र २०७६, आईतवार ११:५६
सदरलाइनडटकम, काठमाण्डौ : आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए । शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो […]