स्थानीय सरकार र प्रशासनबीच सहकार्यमा जोड

२२ भाद्र २०७६, आईतवार १७:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीको स्वागतमा उपमहानगरपालिकाले आइतवार आयोजना गरेको स्वागत कार्यक्रममा उनले स्थानीय प्रशासनसँग आगामी दिनमा पनि सहकार्यका लागि उपमहानगरपालिका सधैं तयार रहेको बताए ।
नेपालगञ्जको संवेदनशिलतालाई ख्याल गर्न सुझाव दिँदै मेयु राणाले उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्य र समन्वयका लागि तयार रहेको उल्लेख गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्काले शान्ति सुरक्षाको सवालमा कुनैपनि कम्प्रोमाईज नहुने बताए । उपमहानगरपालिकाले गरेको स्वागतले काम गर्ने हौसला बढेको भन्दै उनले यसले जिम्मेवारी पनि बढाएको दावी गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक वलीले प्रहरीको एकल प्रयासले मात्रै शान्ति सुरक्षा हुन नसक्ने भन्दै सहकार्य आवश्यक रहेको बताए । तस्कर, घुसघोर र गुण्डागर्दीसँग आफुले कुनै सम्झौता नगर्ने भन्दै उनले स्थानीय सरकारको साथको अपेक्षा गरे । कार्यक्रममा उपमेयर उमा थापा मगरले स्थानीय सरकार र प्रशासनबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै सहकार्यले शान्ति सुरक्षा र सुशासनमा सहयोग पुग्ने बताइन् ।

Next Post

शिक्षा दिवसमा विभिन्न कार्यक्रम

२२ भाद्र २०७६, आईतवार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आइतवार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ । नेपालगञ्जकी उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका […]