अवैध गाजा फडानी गर्दै बाँके प्रहरी

१९ भाद्र २०७६, बिहीबार १८:३१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँके प्रहरीले गाजा फडानी अभियान थालेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले जिल्लाका विभिन्न ठाउँमा आफै उम्रिएका गाजा नष्ट गरेको हो । राप्तीसोनारी–७, भेलौनियामा रहेका गाजा बिहीवार नष्ट गरिएको छ । सडकछेउको बाँझो जमिनमा गाजा उम्रिएका थिए ।
प्रहरी सहायक निरीक्षक प्रेमबहादुर अधिकारीको नेतृत्वको टोलीले गाजा नष्ट गरेको थियो । प्रहरीले केही दिनदेखिनै गाजा नष्ट गरिरहेको छ । राप्ती नदी आसपासका बाँझो जमिनमा गाजा उम्रिएका छन् । अहिले झाँगिएको गाजा असोजकात्तिकमा तयार हुन्छ । ब्यूरोका नेपालगञ्ज प्रमुख बीरबहादुर थापाले प्रहरीले बाँकेमात्रै नभएर देशव्यापी रुपमै गाजा फडानी अभियान थालेको जानकारी दिए । उनका अनुसार, बाँकेमा गाजा खेती छैन् ।
आफै उम्रिएका छन् । फत्तेपुर, भगवानपुरलगायत ठाउँमा गाजा उम्रिएको छ । प्रहरीले अघिल्लो वर्ष मानखोला आसपासमा उम्रिएका ठूलो मात्राको गाजा नष्ट गरेको थियो । बाँकेलाई लागु औषधको मामलामा केन्द्रविन्दु मानिन्छ ।
पहाडी जिल्लामा उत्पादन हुने चरेश र भारतबाट भित्र्याइने ब्राउनसुगरको केन्द्रविन्दु नेपालगञ्ज हो । केन्द्रविन्दु भएपनि गाजा उत्पादनमा भने बाँके पछाडी रहेको छ । यहाँ व्यवसायिक खेती गरेको पाइदैन । आफै उम्रिएको गाजाको फाइदा भने लिने गरिन्छ ।

Next Post

विद्यालय जान हिडेकी छात्रामाथि एसिड प्रहार

१९ भाद्र २०७६, बिहीबार १८:३१
सदरलाइनडटकम, वीरगञ्ज :  वीरगञ्ज महानगरपालिकामा विद्यालय जाने क्रममा एक छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीमा रहेको त्रिभुवन हनुमान उमावि कक्षा ९ मा अध्ययनरत बीरगन्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार […]

सम्बन्धित