आज हरितालिका तीज धुमधामका साथ मनाईदै

१६ भाद्र २०७६, सोमबार ०९:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली हिन्दू महिलाहरुको लागि भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी देश बिदेशमा मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने परम्परा रही आएको छ ।
यो पर्वमा आज देश विदेशमा रहेका महादेवको मन्दीरमा ब्रतालु महिलाको भिडभाड रहने गरेको । बिहानै देखि उनीहरु नयाँ बस्त्रमा सजिएर मन्दीर पुगी महादेबको आराधाना गरी नाचगान गर्ने गरेका छन् । यो पर्वमा काठमाण्डौको पशुपतिनाथ, नेपालगन्जको बागेश्वरी लगायतका शक्तिपिठहरुमा विषेश भिड रहने गरेको छ ।
यो पर्वमा विवाहित महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि र अविवाहितले सुयोग्य वर पाउनका लागि तीज व्रत बस्ने गरेको सामाजिक चर्चा छ । तर, शास्त्रीय मत भने महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने रहेको बताईन्छ ।
यो पर्वमा अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधानमा उल्लेख रहेको पाईनुको साथै तीजको व्रत बस्ने पुरुषले गुण सम्पन्न वधु पाउने र विधुर हुनु नपर्ने जन विश्वास छ । हरितालिका तीजमा त्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको पौराणिक कथा अनुसार नेपाली समाजमा श्रीमानको दीर्घायुको कामना गर्दै निराहर ब्रत बस्ने चलन रहेको भए पनि तीजको व्रतमा पानीसमेत नखाई व्रत बसेर महादेवको पूजा गरेमा शुभफल मिल्ने विश्वास गर्दछन् । तर, सबै व्रतालु निराहार नै व्रत बस्नुपर्छ भन्ने शास्त्रमा नरहेको पाईएको छ ।
निराहार, जलाहार र फलाहार गरी व्रत बस्न सकिने छ । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्न सक्छन् । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता खानेकुरा खाएर पनि व्रत बस्न सक्ने धार्मिक तथा शास्त्रीय विज्ञको सुझाव छ ।
तीजको व्रतसँग सम्बन्धित एक रोचक धार्मिक कथा छ । स्कन्द पुराणमा लेखिएअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोज । त्यसपछि पार्वतीले आफ्नो समस्या साथीहरुलाई सुनाइन् । उनका साथीहरुले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई नै स्वामी पाइन् ।
यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
समग्रमा मनोकामना पूर्ण गराउन तीजको व्रतको महत्व रहेको रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख छ । तर, नेपाली समाजमा श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पाईएको छ । प्रस्तुती  : सिता खड्का  (फाइल फोटो )

Next Post

फरार अभियुक्त नरेन्द्रमाथि गोली प्रहार

१६ भाद्र २०७६, सोमबार ०९:२४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ । ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं. ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली […]