सदरलाइनडटकम,
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले १७ गतेसम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज पञ्चमीलाई दृष्टिगत गर्दै संघर्षका कार्यक्रम स्थगित गरिएको अभियानका संयोजक विकिरण गौतमले जानकारी दिए ।
प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै संघर्षमा उत्रिएको अभियाननले १७ गतेपछि संघर्षका कार्यक्रम पुनः शुरु गर्ने गौतमले बताए । खस्कदो स्वास्थ्य सेवा, बढ्दो भ्रष्टाचार, सबैखालका अनियमितताका विरुद्ध राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान आन्दोलनरत रहेको भन्दै उनले सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति डाक्टर भण्डारीनै भएकाले उनको राजीनामा नआउँदासम्म संघर्ष जारी राख्ने चेतावनी दिए ।
Next Post
गौहत्या प्रकरणको छानबीन समिति गठन
१४ भाद्र २०७६, शनिबार १६:४८
सम्बन्धित
-
२७ चैत्र २०७९, सोमबार १३:५३
मैनापोखरमा पचास हजारको अवैध सामान बरामद
-
२४ मंसिर २०८०, आईतवार १३:२२
मानव सेवा आश्रमले नेपालगञ्जमा ‘आमा सेमिनार’ गर्ने
-
३ जेष्ठ २०७९, मंगलवार १७:५१
कोहलपुर ३ मा प्यानलसहित एमाले बिजयी
-
२४ भाद्र २०७९, शुक्रबार १३:२७
नेपाल मानव धर्म सेवा समितिले शनिबार रक्तदान गर्ने
-
२० चैत्र २०७६, बिहीबार १८:४१
अलपत्र नेपालीका लागि दशगजामै अस्थायी क्वारेन्टाइन
-
२५ फाल्गुन २०७७, मंगलवार १२:३४
मध्यरातमा अकोरावको अधिवेशन रोक्ने हाँस्यास्पद निर्णय