सदरलाइनडटकम,
नेपालगञ्ज : सुनिश्चित बालअधिकार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपालगञ्ज उप–महानगरपालिकाले राष्ट्रिय बालअधिकार दिवस–२०७६ सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको छ ।
नगरस्तरीय बालअधिकार समितिका संयोजक रहेकी नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गर्दै त्यसको तयारीलाई तीब्र पारिएको छ ।
सो अवसरमा ¥याली, अन्तरक्रिया, सडक नाटक, ब्यानर प्रदर्शन, वडा स्तरीय बालअधिकार समितिलाई अभिमुखिकरण, विद्यालयस्तरीय अन्तरक्रिया बाल स्वास्थ्य शिविर र बाल स्वास्थ्य शिक्षा कार्यक्रम गरि दिवस मनाउन लागिएको समितिका सचिव समेत रहेकी नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले जानकारी दिईन । भदौं २९ गतेलाई राष्ट्रिय बालअधिकार दिवसको रुपमा मनाईदै आईएको छ ।
Next Post
दश हजारसहित बर्दियाका सहायक बन अधिकृत पक्राउ
६ भाद्र २०७६, शुक्रबार १८:५१
सम्बन्धित
-
२९ श्रावण २०७३, शनिबार ०३:४७
प्रजातान्त्रिक र मधेसी मोर्चाको संयुक्त प्यानल घोषणा
-
२६ जेष्ठ २०७५, शनिबार २३:०३
जोगागाउँमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ८५ जनाले लिए सेवा
-
३० फाल्गुन २०८०, बुधबार १७:३०
नेपालगञ्जमा बरामद डेढ करोडको अनुसन्धान शुरु
-
४ भाद्र २०७८, शुक्रबार १५:५९
धानमा खैरो थोप्ले रोगले किसान चिन्तित
-
१७ फाल्गुन २०७६, शनिबार १८:३८
बालविवाह नियन्त्रणबारे प्रहरी र अभिभावकबीच छलफल
-
२० पुष २०७८, मंगलवार १९:१२
चिसो बढेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा उपमहानगरद्वारा आगो ताप्ने व्यवस्था