सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा–१२ भ्यूटावर पार्कमा चर्खेपिङ्ग तथा मिनि चिडियाखानाको उद्घाटन गरिएको छ । सिर्जना सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको उद्घाटन चर्खेपिङ्ग तथा मिनि चिडियाखानाको प्रदेश नं. ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले गरेकी हुन ।
उनले सो अवसरमा बाँकेमा रहेका सामुदायिक वन समितिहरुले बनको संरक्षण गर्नुका साथै थुप्रै उदाहरणिय कामहरु गर्दै गइरहेको र वनउपभोक्ता समितिले गरेका क्रियाकलापलाई आफुुले सकारात्मक रुपमा लिएको बताईन ।
उनले प्रदेश सकारका तर्फबाट गर्नुपर्ने सहयोगलाई अझ सहज बनाउन आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ प्रदेश सभा सदस्य पार्वती पुनले पर्यापर्यटनका लागि भौतिक पूर्वाधार विकास संगसगै औद्योगिक क्षेत्रको विकास गर्न जरुरी रहेको र सबै वनउपभोक्ता समितिको हातेमालोबाट नमूना कामका गर्न सकिने बताइन् ।
कोहलपुर नगरपालिका उपप्रमुख सन्जु चौधरीले विश्वमा जलवायु परिवर्तन भइरहेका बेला सामुदायिक वनले बतावरण जोगाउन गरेको प्रयास र पर्यापर्यटनका विकासले रोजगारीको पनि सिर्जना हुने बताइन् ।
भ्यू टावर भित्र विभिन्न प्रजातीका बन्यजन्तुहरु राखिएको छ । बालबालिकालाई मनोरञ्जन दिनका लागि भर्खरै मात्र चर्खेपिङ्ग निर्माण गरिएको छ । हरेक वर्ष पर्यापर्यटनबाट १२ लाख भन्दा बढि आन्तरिक आम्दानी गराउन सफल भएको सिर्जना सामुदायिक वनउपभोक्ता समितिले बनमा डडेलो रोकथाम बनमा खाली जग्गालाई बिरुवा रोप्ने र आर्यआर्जनमा समेत जोड दिएको छ । सामुदायिक वनमा डडेलो नियन्त्रण र उल्लेखनीय योगदान पु¥याउने उपभोक्तालाई आयोजकले सम्मान गरेको छ । १५ बिगाहामा फैलिएको उक्त पार्क थप व्यवस्थापन गर्न सके पर्यापर्यटनको ठुलो सम्भावना बोकेको देखिन्छ ।