ध्रुबताराद्वारा सबै औषधीमा दश प्रतिशत छुट

२४ श्रावण २०७६, शुक्रबार १८:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित ध्रुबतारा पब्लिक फार्मेसी प्रालिले शुक्रवारदेखि सर्वसाधारणलाई सबै प्रकारको औषधीमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । पत्रकारहरुको विशेष अनुरोधमा सर्वसाधारणहरुका लागि हरेक औषधीमा १० प्रतिशत छुटको ब्यवस्था मिलाईएको फार्मेसीका सञ्चालक देबेन्द्र अधिकारीले जानकारी दिए ।
सम्भवतः नेपालमै पहिलो पटक फार्मेसीले सर्वसाधारणका लागि औषधीमा छुृटको ब्यवस्था मिलाएको हो । वार्षिक स्थापना दिवसका अवसरमा आयोजित औषधि प्रयोग सम्बन्धि जनचेतना कार्यक्रममा फार्मेसीले अबदेखि हरेक औषधीम १० प्रतिशत छुट दिने घोषणा गरेको हो । यस्तै सर्जिकल र सेनेटरी तर्फ भने २५ प्रतिशत छुट दिने फार्मेसीले बताएको छ ।
कार्यक्रममका प्रमुख अतिथि एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले ध्रुबतारा फर्मेसीले उदाहरणीय अभियान शुरु गरेको भन्दै धन्यवाद दिए । कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ध्रुबतारा फार्मेसीले गरेको निर्णयको स्वागतयोग्य भएको बताए । सरकारले सिण्डिकेट प्रथा हटाउन लागेको अवस्थामा औषधीमा पनि सिण्डिकेट प्रथा अन्त्य हुनुपर्ने भन्दै बैश्यले जनताले छुट पाउँदा कसैलाई पनि टाउको दुखाई हुनु गलत भएको जिकिर गरे ।

Next Post

बर्दियामा बायोस्याण्ड पानी फिल्टर बितरण

२४ श्रावण २०७६, शुक्रबार १८:३९
सदरलाइनडटकम, बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ५ मा सहुलियत दरमा पानी फिल्टर बितरण गरिएको छ । गेरुवा ग्रामीण जागरण संघ र टिडिएच फाउण्डेशन स्वीजरल्याण्डसंगको साझेदारीमा सञ्चालित सफा पानी परियोजनाअन्तर्गत बारबर्दिया ५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको हो । बितरण कार्यक्रममा बोल्दै ५ नं. वडाका अध्यक्ष एव कार्यक्रमका […]