भेरी अस्पतालमा रगत जाँचको लागि सिबिसी रिएजेन्ट अभाव सेवा प्रभावित

१६ श्रावण २०७६, बिहीबार ०८:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा रगत (सिबिसी) जाँच गर्दा प्रयोग हुने रिएजेन्टको अभाव हुँदा आजदेखि सेवा प्रभावित हुने भएको छ ।
अस्पतालका प्याथोलोजी विभाग प्रमुख बालकृष्ण अवालले तत्कालको अवस्थामा सिबिसि जाँच (कम्प्लेट ल्बड काउन्ट) कुल्टर मेसिनको लागि आवश्यक रिएजेन्ट अभाव भएको कारण सामान्य रगत जाँच समेत भेरी अस्पतालमा हुन नसक्ने अवस्था आएको जानकारी दिए ।
उनले भने–‘ सिकलसेलको ईलेक्ट्रफोरसिस मेसिन विग्रेर सेवा दिन नसकिएको ७ महिना बढी भयो । यहाँ फेरी सप्लायरको लापरवाहीको कारण सामान्य रगत जाँच गर्ने रिएजेन्ट अभाव छ । नेपालमै नभएको अवस्था रहेको जानकारी पाएको छु । त्यो रिएजेन्टको कारण बिहीबार (आज) देखि सेवा ठप्प हुने अवस्था आएको छ ।’
उनले भेरी अस्पतालमा सिकलसेल जाँचको लागि आवश्यक पर्ने ईलेक्ट्रोफोसिस मेसिन विग्रेर ७ महिनादेखि सेवा प्रभावित भएको कारण निशुल्क पाईने सेवा बाहिर २ हजार बढी तिरेर जाँच गराउन सेवाग्राही बाध्य भएको बताए ।
‘पटक–पटक ताकेता गर्दा पनि न मेसिन मर्मत गरेर दिन्छ नत समयमा रिएजेन्ट नै । टेण्डरमै शर्त राखेर मेसिन विग्रदा समयमा बनाउन नसके तथा समयमा रिएजेन्ट सप्लाई नदिएर सेवा प्रभावित भएमा सप्लायर्सलाई पेनाल्टी तिराउने कन्डिशन राख्नु पर्छ नत्र हामी र सेवाग्राही दुबैले दुख पाउने अवस्था हुन्छ’– उनले भने ।
अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. रुपानन्द अधिकारीले रगत जाँचको लागि आवश्यक रिएजेन्ट अभाव भएको जानकारी पाए लगत्तै उपलब्धताको लागि प्रयास भएको साथै सिकलसेल जाँचमा प्रयोग हुने मेसिनको रिएजेन्ट तथा सप्mटवेएरमा समस्या आएर सेवा प्रभावित भएको र सुचारु गर्नको लागि प्रयासहरु भईरहेको बताए ।

Next Post

एनसेल टावरमा आगजनी

१६ श्रावण २०७६, बिहीबार ०८:२७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा एनसेलको २ टावरमाथि अज्ञात समुहद्वारा आगजनीको प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार डुडुवा गाउपालिका– ४ मेहमानपु कम्दी र नेपालगञ्ज उप–महानगर–२० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी भएको हो । बिहीबार बिहान डेढबजेतिर […]