नरैनापुरमा बृहत् बृक्षारोपण, २० हजार बिरुवा रोपिँदै

४ श्रावण २०७६, शनिबार १८:२४
 

सदरलाइनडटकम,
नरैनापुर, (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शनिबारदेखि बृहद बृक्षारोपण सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन ।
गाउँपालिकाको सरकारी कार्यालय, सरकारी विद्यालय, वडा नम्बर २ लक्ष्मणपुरस्थित रानी सामुदायिक वनमा बृक्षारोपण गरिने वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्राले जानकारी दिए । करिब २० हजार बिरुवा रोपिने गरी तयारी गरिएको उनले बताए ।
नरैनापुर गाउँपालिकाको सहयोग तथा बहुउद्देश्यीय विकास मंच नरैनापुर बाँकेको आयोजनामा बृक्षारोपण सुरु गरिएको हो । बृक्षारोपण सुभारम्भ कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर १ र ४ का सचिव मिश्रा, बहुउद्देश्यीय विकास मंच बाँकेका अध्यक्ष शिवचरण यादव लगायतले बिरुवा रोपेर सहभागिता जनाएका थिए । गाउँपालिकालाई स्वच्छ र हरियाली बनाउन बृक्षारोपण सुरु गरिएको गाउँपालिका अध्यक्ष शाहले वताए । उनले सबैलाई यस अभियानमा जोडिन पनि आग्रह गरेका छन् ।

Next Post

नेपाल यएरलाईन्सको उडान रद्द हुँदा बाँकेका हजयात्री नेपालगन्ज विमानस्थलमा अलपत्र

४ श्रावण २०७६, शनिबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज   :  नेपाल एयरलाईन्सको नेपालगञ्ज काठमाण्डौको नियमित उडान रद्द हुँदा बाँकेबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने करिव १५ जना हज यात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । नेपाल एयरलाईन्सको नियमित उडानबाट शनिबार ११ः ५० को उडानबाट काठमाण्डौ जानको लागि करिव २० दिन अघि टिकट लिएका हजयात्री नेपाल […]

सम्बन्धित