कोहलपुरका जनप्रतिनिधिलाई स्वास्थ्य अभिमुखिकरण

२४ असार २०७६, मंगलवार १५:०६
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ दुई दिने स्वास्थ्य सम्बन्धित क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम बाँकेको नगरपालिकामा सुरु भएको छ ।
नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडाअध्यक्ष र दलित महिला सदस्यहरु सहित स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागि रहेको सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजकुमार श्रीबास्तबले स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य र शिक्षा पनि विकासको महत्वपूर्ण पाटो हो भनेर प्रथामिकतामा राख्न आग्रह गरे ।
उनले कोहलपुर नगरपालिका सक्षरता घोषणा गर्नको लागि जिल्लाको पहिो पालिका भए झै स्वास्थ्य र पोषणको क्षेत्रमा पनि पहिलो पालिका बन्ने गरी काम गर्न आग्रह गरे ।
दुई दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा स्थानीय तहको स्वस्थ्य संस्था प्रति जनप्रतिनिधिलाई उत्तदायी बनाउने, स्वास्थ्य सेवा सम्बन्धित जिम्मेवारी तथा अधिकार अध्यावधिक गराउने, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु र संघको अवस्थाबारे परिचित गराउने रहेका छन् ।
यसैगरी गुण्स्तरिय आधारभुत स्वास्थ्य सेवाको महत्व, उपयोग, स्थिति र पहँच अभिबृद्धिका बारेमा जानकारी दिने, तथ्यमा आधारित सहभागिता मुलक स्वास्थ्य योजना तर्जुमा र कार्यान्वयनको बारेमा स्पष्ट पारी पालिकाको वडा तहदेखि नै मस्यौदा स्वास्थ्य येजना तयार गर्ने प्रकृयाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा सुरु भएको सो अभिमुखिकरणलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, जनस्वास्थ्य अधिकृत चन्द र युएसएआईडि स्वास्थ्यको लागि सक्षम प्रणालीका मदन भट्ट लगायतले सहजिकरण गर्ने छन ।
यसअघि बाँकेको डुडुवाबाट सुरु भएको सो कार्यक्रम नरैनापुर, राप्तीसोनारी, बैजनाथ गाउपालिकामा सम्पन्न भई सकेको छ ।

Next Post

कोहलपुरद्वारा ग्रीनबेल्टमा वृक्षारोपण

२४ असार २०७६, मंगलवार १५:०६
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ११ को चौकदेखि दक्षिण चार लेन सडकको बीच भागमा रहेको ग्रीनबेल्टमा वृक्षारोपण गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले इन्द्रकमलको बिरुवा लगाएर वृक्षारोपणको उद्घाटन गरेका हुन् । सो स्थानमा प्रत्येक ५ मिटरको दुरीमा मुसुन्डा, इन्द्रकमल, क्रोटनलगायत प्रजातीका विरुवाहरु रोपण गरिएको छ […]

सम्बन्धित