प्रदेश पाँचका मुख्यमन्त्री पोख्रेल चीन भ्रमणमा

१६ असार २०७६, सोमबार १८:४०
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उनी सोमवार बिहान चाइना साउथर्न एयरलाइन्सबाट छेन्दु प्रस्थान गरेका हुन् ।
मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ की सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर पूर्वसांसद ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् । भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ ।
त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कनेछन् ।

Next Post

श्रीमानले यौन सम्बन्ध नराख्दा पत्निद्वारा आत्महत्या

१६ असार २०७६, सोमबार १८:४०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा कार्यरत डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारीरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छन् । उनको विवाह ५ वर्षअघि डाक्टर कमल बेदीसँग भएपनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उनको सुसाइड नोटमा उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको […]