२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

मानवअधिकार सम्वन्धी अन्तरक्रिया



सदरलाइनडटकम,
नेपालगञ्ज   :  प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जमा मानवअधिकार सम्वन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकका प्रदेश ५ संयोजक भोला महतले विप्लप समूहका पछिल्ला गतिविधिले मानवअधिकारका क्षेत्रमा चुनौति थपिएको बताए ।
उनले भने,‘पहिला पनि साविकको मध्यपश्चिम हालको प्रदेश ५ का जिल्लामा द्वन्द्वका कारण मानवअधिकारका घटना धेरै घटेका थिए, अहिले पनि विप्लप माओवादीका गतिविधि धेरै यहि भएको छ ।’ उनले राज्यका अङ्गहरु मानवअधिकार प्रति थप संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालले मानवअधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न र नागरिकका संवैधानिक हकअधिकारको सुनिश्चितताका लागि सबै सरोकावाला निकाय गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुहरु सदैव मानवअधिकार संरक्षण र सम्वद्र्धन गर्न लागि परेको उल्लेख गर्दै बाँकेमा मानवअधिकार हनन्का घट्ना हुन नदिन पनि प्रहरी प्रशासन सजक रहेको बताए । ‘शान्ति सुरक्षा कायम गर्दा कहिले काँही मानवअधिकार हनन्को आरोप लाग्ने गर्दछ,’प्रमुख जिल्ला अधिकारी भुजेलले भने,‘कत्र्तव्य पालना गर्दा कानून वमोजिम ढुक्क भएर गर्ने वातावरण हुनुपर्दछ ।’
उनले बाँकेमा प्रहरी प्रशासनले यातना दिने कार्य नगरेको दावी गरे । प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले प्रदेश सरकार मानवअधिकारवारे सचेतना जगाउन लागिपरेको बताए ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधबार
ताजा समाचार