मनकारी वडा अध्यक्ष वर्मा : एक महिनाको तलव मन्दिरलाई

५ असार २०७६, बिहीबार १४:०५
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका वडानं. १८ का वडा अध्यक्ष दीपक कुमार वर्माले नेपालगञ्जको कारकाँदो चोकमा रहेको राधाकृष्ण मन्दिरलाई आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् ।
वडा अध्यक्ष वर्मालाई मन्दिर व्यवस्थापन समितिले मन्दिरको रंगरोगन र अन्य माग राखेपछि तत्काल मन्दिरलाई रंग लगाउनका लागि एक महिनाको तलब २५ हजार ७ सय ४० रुपैयाको चेक मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई विहिबार हस्तान्तरण गरेका हुन ।
अध्यक्ष बर्माले सो अवसरमा बोल्दै यस क्षेत्रमा रहेको एक मात्र राधाकृष्ण मन्दिर र यसको व्यवस्थापनका लागि आफु नियमित काममा लाग्न नसकेको प्रति दुख व्यक्त गर्दै निरन्तर मन्दिर व्यवस्थापनको काममा लागेका व्यक्तिहरुलाई धन्यवाद दिए ।
अध्यक्ष वर्माले भने–‘आफुले भौतिक रुपमा उस्थित भएर सेवा गर्ने इच्छा हुँदाहुँदै पनि कार्य व्यस्थताले सहयोग गर्न नसकेले मन्दिर व्यवस्थापनको लागि एक महिनाको तलब मन्दिरलाई हस्तान्तरण गरेको छु । यो बाहेक अन्य सहयोगको लागि सदैब सकारात्मक रहने छु ।’
बिहिबार नै वडापालिकाको आर्थिक सहयोग १ लाख १५ हजार र अन्य दाताको सहयोगमा १ लाख ३९ हजारमा शुद्ध खानेपानीको फिल्टरको वडा अध्यक्षले पानी खाएर शुभारम्भ गरे । वडापालिकाको सहयोगमा पानी ट्याङ्की, फिल्टर र स्टेब्लाइजर खरिद गरिएको व्यवस्थापन समितिले खर्च सार्वजनिक गरेको थियो ।

Next Post

सिक्टाले पप्पुसँग तोड्यो नाता, अर्को प्रक्रियामा जाँदै

५ असार २०७६, बिहीबार १४:०५
सदरलाइनडटकम, नेपालगञ्ज : सिक्टा सिँचाई आयोजनाले डुडुवा नहर निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनसँग १८ करोड २३ लाख रुपैयाँ फिर्ता लिएको छ । सिक्टाले मोविलाईजेशन र परफर्मेन्स ग्यारेन्टी गरि १८ करोड २३ लाख रुपिया फिर्ता लिएको आयोजना निर्देशक कृष्णप्रसाद नेपालले बताए । डुडुवा शाखा नहर निर्माणका लागि पुरानो ठेकेदार कम्पनीसँग ठेक्का […]