‘द्वन्द्वपीडितको न्यायका लागि प्रदेश ५ प्रतिबद्ध’

४ असार २०७६, बुधबार १६:२२
 

सदरलाइनडटकम,
दाङ : प्रदेश नम्बर ५ प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले शान्ति, सुशासन र सम्बृद्धीनै अहिलेको मुख्य कार्यभार भएको बताएकी छन् । दाङको घोराहीमा बुधवार आयोजित द्वन्द्वपीडित महिलाहरुको अधिकार र न्याय विषय अन्तरक्रियामा बोल्दै उपसभामुख थारुले परिवर्तनलाई संस्थागत र न्याय स्थापित गर्ने प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन् ।
नागरिकलाई विकास, अधिकार र न्यायसँग जोड्नका लागि कानुन बनाउनु पहिलो विषय भएको उनको भनाई छ । हरेक क्षेत्रको विकाससँग नागरिकलाई जोड्न कानुन, नीतिनियम आवश्यक पर्ने भएको भन्दै उनले द्वन्द्वपीडितहरुको न्यायका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । हिंसामा परेका महिलाहरुको न्यायमा आफुहरु संघर्षमै रहेको भन्दै उपसभामुख थारुले न्यायपूर्ण समाज बनाउने भूमिका सबैको भएको धारणा राखिन् ।
उनले सीपयुक्त महिला, निर्भरतामा महिला भन्ने नाराका साथ प्रदेश सरकारले नीति र बजेट ल्याएको जानकारी दिइन् । द्वन्द्वपीडितहरुलाई न्याय दिनेमा केही ढिलाई भएको स्वीकार्दै उपसभामुख थारुले जनस्तर र सदनबाट खबरदारी जारी राख्नुपर्ने कुरामा जोड दिइन् ।

Next Post

प्राङ्गारिक खेतीतर्फ आकर्षित हुँदै बाँकेका किसान

४ असार २०७६, बुधबार १६:२२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके र बर्दियामा प्राङ्गारिक तरकारी खेतीतर्फ किसानहरुको आर्कषण बढेको छ । पछिल्ला दिनमा किसान र उपभोक्ता सचेत हुने क्रम बढेसँगै प्राङ्गारिक तरकारी उत्पादन गर्ने कृषकसमेत बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालगञ्जमा बुधवार प्राङ्गारिक तरकारी खेतीसम्बन्धि जिल्लास्तरीय कार्यशालामा बोल्दै किसानहरुले प्राङ्गारिक खेतीलाई बढवा दिन सरकारले […]

सम्बन्धित