हर्षोल्लासका साथ आज इद–उल–फित्र मनाईंदै

२२ जेष्ठ २०७६, बुधबार १६:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ बुधवार इद–उल–फित्र मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको महान चाड इद–उल–फित्रका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधवार सार्वजनिक बिदासमेत दिएको छ । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि बिहीवार इद–उल–फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र आजै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधवार बिदा दिने निर्णय गरेको हो ।

इदका अवसरमा नेपालगञ्जमा सामुहिक नमाज
महान पर्व इद–उल–फित्रका अवसरमा इस्लाम धर्मावालम्वीहरुले बुधवार नेपालगञ्जमा सामुहिक नमाज पढेका छन् । पवित्र महिना रमजानको अन्तिम इदका दिन सामुहिकरुपमा उनीहरुले नमाज पढेका हुन् । नेपालगञ्जको बीपी चोकमा हजारौँ मुस्लिम समुदायले देशमा अमन चयन र शान्तिको कामना गर्दै समुहिक नमाज पढेको पत्रकार एवं हाजी शकील अहमद कादरीले जानकारी दिए ।
मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा इद–उल–फित्रको रौनक छ । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई सर्वसाधारणसँगै इदगाहमा सामुहिक नमाज पढे । इदको शुभकामना आदानप्रदानका लागि गैर मुस्लिम धर्मावलम्बीहरु इदगाह पुगेका थिए ।



हिजरी संवतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तिको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना शुुरु हुन्छ । अन्तिम दिन इदको रुपमा मनाइन्छ । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएपछिदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्दछन् ।
इदका अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन रहेको छ । मुस्लिम र गैरमुस्लिम यतिबेला नेपालगञ्जमा अंकमाल गदैै इदको शुभकामना साटासाट गरिरहेका छन् ।

Next Post

बाँकेका तीन बालक १० दिनदेखि बेपत्ता

२२ जेष्ठ २०७६, बुधबार १६:१०
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका जिगाउँका तीन बालक एकसातादेखि सम्पर्कविहीन छन् । घरबाट निस्किएका सन्तान लामो समयसम्म घरमा नफर्केपछि परिवारमा रुवाबासी चलेको छ । जि गाउँका १० बर्षीय सन्दिप विक, १२ बर्षीय राहुल विक र १५ बर्षीय प्रदिप थापा अघिल्लो आईतवारदेखि सम्पर्कविहीन भएका हुन् । घरबाट नेपालगञ्ज हिँडेका […]