विश्व मुख स्वास्थ्य दिवसमा नेपालगञ्जमा शिविर

५ चैत्र २०७५, मंगलवार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिश्व मुख स्वास्थ्य दिवसका अवसरमा नेपालगञ्जमा मंगलवार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परीक्षण गराएका छन् । बिश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल ढोकामा आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परीक्षण गराएका हुन् ।
नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले आफ्नो दाँत परीक्षण गराएर शिविरको उद्घाटन गरेका थिए । ‘से आहा, थिंक माउथ, थिंक हेल्थ’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल डेन्टल एसोशिएशन बाँकेको आयोजना एवं गुरुकुल सहकारी संस्थाको समन्वयमा सम्पन्न शिविरमा सर्वसाधारणको दन्त परीक्षण, दाँत माझ्ने तरिका सिकाउनुका साथै ब्रस र मन्जन पनि निःशुल्क प्रदान गरिएको थियो ।



दाँतमा समस्या देखिएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको छ । शिविरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याुकरेल, एशोसिएशनका अध्यक्ष डा. भावनी न्यौपाने, उपाध्यक्ष डा. अनिल गुप्ता, उपमहानगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलगायतको उपस्थिति थियो । शिविरमा नेपालगञ्जमा रहेका सम्पूर्ण डेन्टल क्लिनिकका डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

Next Post

छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

५ चैत्र २०७५, मंगलवार १६:०८
सदरलाइनडटकम, रुकुम पश्चिम : छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । १७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको […]

सम्बन्धित