छुट्टाछुट्टै दुर्घटना हुँदा दाङमा दुईको मृत्यु

२ चैत्र २०७५, शनिबार १४:५०
 

सदरलाइनडटकम,
दाङ : दाङमा शुक्रवार भएको छुट्टाछुटै घटनामा गम्भीर घाइतेहरुको उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका ५ पहरुवामा मोटरसाईकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको उपचारको क्रममा शुक्रवार राती निधन भएको छ ।
राती ९ बजे पूर्बबाट पश्चिमतर्फ गइरहेको साइकललाई सोही दिशा तर्फ गइरहेको रा ३ प ८४१५ मोटरसाइकले ठक्कर दिदा मोटरसाइक चालक लमही नगरपालिका ५ निवासी करिब ४४ वर्षिय पिताम्बर गोराथोकीको मृत्यु भएको हो ।
लमहीको फ्लोरेन्स अस्पतालमा गोराथोकीको निधन भएको प्रहरीले बताएको छ । साइकल चालक लमही नगरपालिका ४ निवासी रामअवतार चौधरी भने सामान्य चोट लागेको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।
यस्तै देउखुरीको लमही नगरपालिका ३ बनगाउँमा एक पैदलयात्रुलाई मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका वनगाउँ निवासी ६० वर्षिया वृद्ध जयमंगल चौधरीको बुटवलमा उपचारको क्रममा शुक्रवार राती १ बजे निधन भएको छ । शुक्रवार राती ८ बजे समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको रा २ प ६०२६ नम्बरको मोटरसाइकलले वनगाउँमा पैदलयात्री चौधरीलाई ठक्कर दिएको थियो ।

Next Post

हुलास स्टिल इन्डस्ट्रिजमा आगलागी

२ चैत्र २०७५, शनिबार १४:५०
सदरलाइनडटकम, बारा : बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिवार मध्यान्ह हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख भन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ । आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब […]