सिकेसँग सम्झौताकोे विरोध गर्ने समातिए

२९ फाल्गुन २०७५, बुधबार १६:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ । सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधवार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर लगायत छन् । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ । प्रदर्शनकारीहरुले ‘११ बुँदे नौटंकी अपराधजन्य सहमति’, ‘सार्वभौमसत्तामाथि खेलवाड बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Next Post

पुनः नेपालगञ्ज आउने राजदूत बेरीको प्रतिबद्धता

२९ फाल्गुन २०७५, बुधबार १६:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालको विकासबारे जानकारी लिन दुई वर्षपछि पुनः नेपालगञ्ज आउने प्रतिबद्धता जनाएका छन् । सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले नेपालगञ्जमा सहयोग गरेको छ । उपमहानगरपालिकामा बुधवार भएको अन्तरक्रियामा मेयर डा. धवल शमशेर राणा र उपमेयर उमा थापाले यहाँको अवस्थाबारे जानकारी दिएका थिए । […]