सीकेसँगको सहमतिमा विवादास्पद शब्द उल्लेख छ : कमल थापा

२६ फाल्गुन २०७५, आईतवार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका छन् ।
मेची–महाकाली स्वाभिमान यात्राअन्तर्गत आइतवार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै उनले सहमतिमा अस्पष्ट, द्धिअर्थी लाग्ने र बिवादास्पद शब्द उल्लेख गरिएको बताए । अध्यक्ष थापाले सहमतिको मसी सुक्न नपाउँदै सिके राउतबाट अभिब्यक्त भएका धारणाले आशंका बढाएको टिप्पणी गरे ।
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्वतन्त्र मधेसको एजेण्डाबारे सरकार र गृहमन्त्रीले भनेझै स्वतन्त्र मधेसको मुद्दाबारे निर्वाचनमा एजेण्डा राख्न दिने हो भने त्यो झनै राष्ट्रघाती भएको जिकिर गरे । जनअभिमतको नाममा राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई निर्वाचनको एजेण्डा राख्न नसकिने भन्दै उनले उक्त सहमति संविधान विपरित भएको दावी गरे ।
केन्द्रीय सदस्य ऋषिराज देवकोटाद्वारा सञ्चालित र नेतृ विन्दु चर्ती मगरले स्वागत गरेको कार्यक्रममा राप्रपाका बरिष्ठ नेता दीपक बोहरा, बुद्धिमान तामाङ, आमसभामा राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलधम्शेर राणा, पुर्बमन्त्री प्रेमबहादुर भण्डारी, नेता सलाउद्दिन जसगरलगायतले मन्तव्य राखेका थिए ।

Next Post

द्विअर्थी भाषाले आशंका बढाएको : कमल थापा

२६ फाल्गुन २०७५, आईतवार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउत समूहले जनकपुरमा गरेको प्रदर्शन आपत्तिजनक भएको बताएका छन् । सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै विखण्डनको नारा लाग्नु, देश टुक्राउने ब्यानर, प्लेकार्ड र झण्डासहित प्रदर्शन हुनु तथा सरकार मूकदर्शक रहीरहनु भत्र्सनायोग्य भएको उनले टिप्पणी गरे । मिडिया नेपालले सोमवार […]