जनहितमा पत्रकारिता गर्न महासंघको आग्रह

१८ फाल्गुन २०७५, शनिबार १६:३३
 

सदरलाइनडटकम,
दाङ : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले देश र जनताको हितमा पत्रकारिता गर्न सबै पत्रकारलाई आग्रह गरेका छन् । नेपालका सार्वभौमिकतामा खलल् पुग्ने खालका समाचारले देशलाई हित नगर्ने भन्दै उनले राष्ट्रलाई समृद्धतिर लैजाने समचार सम्प्रेषण गर्न आग्रह गरे ।
प्रेस काउन्सिल नेपालले शनिवार सल्यानको खलंगामा गरेको पत्रकार आचारसहिंता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नसक्ने बताए । पत्रकारिता आफूका लागि नभई देश र जनताको लागि भएकाले जनतालाई सत्यतथ्य सूचनामात्र सम्प्रेषण गर्नुपर्ने बताए । पत्रकार आचारसहिंता पालना भए नभएको निगरानी पत्रकार महासंघ र प्रेस काउन्सिलले गर्दै आइरहेको जिकिर गरे ।
पोखरामा सम्पन्न अधिवेशनले नेपालको पत्रकारिताको मूल ध्येय भनेर आर्थिक समृद्धिलाई पास गरेको जानकारी दिए । स्थानीय सरकार र प्रदेश सरकारलाई समृद्ध बनाउन पत्रकारलेहरूले अब विशेष भूमिका खेल्नु पर्ने आर्चायको भनाई छ । पत्रकारले सञ्चार माध्यमबाट गरेको काम पत्रकारिता भएको र सञ्चार माध्यमभन्दा बाहिरबाट गरिएको काम पत्रकारिता नभएकाले सञ्चार माध्यमभन्दा बाहिरबाट गरिएका कामको जिम्मा पत्रकार महासंघले लिन नसक्ने उनको तर्क थियो ।

Next Post

नेपालगञ्जको बेलासपुर ‘स्र्माट कृषि गाउँ’

१८ फाल्गुन २०७५, शनिबार १६:३३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ बेलासपुर र ईन्द्रपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ । बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत यी दुई गाउलाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट […]