बाँकेका दुई स्थानीय तहमा अस्पताल बन्ने

१३ फाल्गुन २०७५, सोमबार १६:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज (डेस्क) : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका दुईवटा प्रथामिक स्वास्थ्य केन्द्रलाई १५ सय्याको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ । मन्त्रालयले बैजनाथ गाउँपालिकाको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर गाउँपालिकामा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरउन्नती गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका रामबहादुर चन्दले जानकारी दिए ।
तर मन्त्रालयले खजुरा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई भने अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको छैन् । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका लागि प्रर्याप्त भौतिक पुर्वाधार सम्पन्न भएका कारण यसअघि नै अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि माग हुँदै आएको छ ।
यसैगरी मन्त्रालयले स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय समेत गरेको छ । बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण हुनेछ । छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।
जसलाई मन्त्रालयले टाइप १ अन्तर्गत राखेको छ । त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई टाइप २ मा राखिएको छ । टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन ।

Next Post

आयोडिनयुक्त नुनबारे सचेतना र्याली

१३ फाल्गुन २०७५, सोमबार १६:२८
सदरलाइनडटकम, नेपालगञ्ज : फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाईंदै आइरहेका बेला नेपालगञ्जमा पनि बिविध कार्यक्रम गरिएका छन् । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार आयोडिनको कमीले विशेष गरी गलगाड रोग […]