जम्मू कश्मीरका ‘विखण्डनकारी’ नेता यासिन पक्राउ

११ फाल्गुन २०७५, शनिबार १४:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : जम्मू कश्मीरको विखण्डनमा लागेकाहरुमाथि गरिएको विशेष कारबाहीमा शुक्रवार राति जम्मू कश्मीर लिबरेसन फ्रन्ट (जेकेएलएफ)का प्रमुख यासिन मलिकलाई हिरासतमा लिइएको छ । पुलवामा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो ।
भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने पक्राउ गर्न सकिएको छैन । अहिले त्यहाँ प्रहरी र अर्धसैनिकहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । समाचारका अनुसार यासिन मलिकलाई गएराति उनको मायसुमास्थित आफ्नै घरबाट हिरासतमा लगिएको थियो ।
त्यहाँबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कोठीबाग थाना लिएर गएका छन् । उनलाई २६ फेब्रुअरीको आसपासमा भारतीय संविधान अनुच्छेद ३५ को ‘ए’ मा रहेर सजाय सुनाइने बताइएको छ । योभन्दा अगाडि पुलवामा हमलापछि सरकारले यासिन मलिक र अन्य केही नेताहरुको सुरक्षा फिर्ता लगेको थियो । तर यस विषयमा मलिकले भने राज्यको तर्फबाट उनलाई कुनै पनि सुरक्षा नमिलेको बताएका छन् ।
(एजेन्सी)

Next Post

अज्ञात समूहको निशानामा ‘एनसेल’

११ फाल्गुन २०७५, शनिबार १४:५६
सदरलाइनडटकम, नेपालगञ्ज (डेस्क) : बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा अज्ञात समूहले बम विस्फोट र आगजनीका घटना तीब्र पारेको  छ ।   जसको निशानामा दूरसञ्चार  सेवा प्रदायक कम्पनी एनसेल परेको छ । शुक्रवार साँझ अज्ञात समूहले ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विष्फोट गरायो । जुन घटनामा एक जनाको शनिबार […]