निर्मलाका अभिभावकद्वारा धर्ना स्थगित

१० फाल्गुन २०७५, शुक्रबार १५:५५
 

सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तका अभिभावकले विगत तीन महिनादेखि गर्दै आएको धर्ना कार्यक्रम शुक्रवारदेखि स्थगित गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि निर्मलाका बुबाआमाले धर्ना स्थगित गरेका हुन् ।
ज्येष्ठ महिला दिलमाया खरेल र कन्या आरोसी चन्दले निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई जुस खुवाएर धर्ना स्थगित गरेको अधिकारर्मी शारदा चन्दले बताइन् । स्वास्थ्य उपचारका लागि निर्मलाका आमाबुवा शुक्रवार साँझ चार बजे काठमाण्डौ जाने उनले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालय अगाडी न्याय माग्दै ३ महिनादेखि धर्नामा बस्दै आएको पन्त परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर धर्ना स्थगित गरेको उनले बताइन् ।
निर्मला पन्तको हत्या भएको सात महिना बितिसक्दासमेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको साउन १० गते हत्या भएको थियो भने ११ गते उनको शव उखुबारीमा भेटिएको थियो ।

Next Post

जुमा फुटबलमा अटो मोबाइल्स र मदिरा व्यवसायी विजयी

१० फाल्गुन २०७५, शुक्रबार १५:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवारको खेलमा अटो मोबाईल्स व्यवसायी विजयी भएको छ । होटल व्यवसायी संघ बाँकेसँग भएको प्रतिस्पर्धामा नेपालगञ्ज अटो मोबाईल्स ५–० गोलले विजयी भएको हो । अटो मोबाईल्स व्यवसायीको तर्फबाट ज्ञानमणी अधिकारीले ३ गोल गरि ह्याट्रिक गरे भने मंगल घर्ती र कर्ण […]