बाँकेमा पनि मनाईयो प्रजातन्त्र दिवस

७ फाल्गुन २०७५, मंगलवार १३:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ६९औं प्रजातन्त्र दिवस बाँकेमा पनि मनाईएको छ । राष्ट्रसेवक कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रतिनिधि मुलक जनप्रतिनिधि र राजनीतिक दलको उपस्थितिमा मनाईएको सो दिवसको प्रभातफेरी नेपालगञ्जको बीपीचोकदेखि सुरु भएर जिल्ला समन्वय समितिमा पुगेर समापन भएको थियो ।
जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी मात्रको सहभागितामा र्याली सुरु भई जिल्ला समन्वय समिति बाँकेको हलमा पुगेर सभामा परिणत भएको कार्यक्रममा शहिदको फोटोमा माल्यर्पण गरिएको थियो
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका दत्तप्रसाद आचार्य, नेपाली काँग्रेसका किरण कोईराला, नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायतले प्रजातन्त्र स्थापना गर्नको लागि ज्यानको आहुती दिनुहुने शहिद प्रति सम्मान व्यक्त गरेका थिए ।  

Next Post

किशोरी बलात्कारपछि हत्या गर्ने पक्राउ

७ फाल्गुन २०७५, मंगलवार १३:२४
सदरलाइनडटकम, जनकपुरधाम : धनुषामा १० वर्षीया बालिकाको बलत्कारपछि हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर स्थित मगरटोलमा बोल्न नसक्ने ११ बर्षीया रेश्मा भनिने दुतिया रसाईलीको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका […]