कश्मीर आक्रमणमा चालिस सुरक्षाकर्मी शहिद

३ फाल्गुन २०७५, शुक्रबार १६:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारत प्रसाशित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा ४० जना सुरक्षाकर्मी शहिद भएका छन् । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडिलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।
राजमार्गमा गुडिरहेका सुरक्षाकर्मीका गाडीलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए–मोहम्मदले लिएको छ । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन् ।


प्रधानमन्त्री ओलीद्वारा निन्दा
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीवार साँझ टेलिफोन गरी कश्मीरमा सुरक्षाकर्मीमाथि भएको हमलाको निन्दा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री मोदीलाई समवेदनासमेत व्यक्त गरेका छन् ।
(एजेन्सी)

Next Post

प्रदेस स्थापना दिवसको अवसरमा नरैनापुरमा एकदिने स्वास्थ्य शिबिर

३ फाल्गुन २०७५, शुक्रबार १६:५१
सदरलाइनडटकम, नरैनापुर(बाँके) : प्रदेश नं. ५ स्थापना दिवसको अवसर पारेर समाजिक विकास मन्त्रालय बुटवलले बाँकेको नरैनापुरको गंगापुरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो स्वास्थ्य शिविरको प्रदेस नं. ५ का सांसद कृष्णा केसी नमूनाले शुक्रबार उद्दघाटन गरिन । उनले प्रदेस सरकारले स्थापना दिवसको अवसरमा प्रदेशका ५ जिल्लाको पाँच ठाँउमा […]

सम्बन्धित