प्रादेशिक महोत्सवबारे कार्यालय प्रमुखसँग छलफल

१ फाल्गुन २०७५, बुधबार १८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा हुने प्रादेशिक महोत्सव २०७५ लाई सफल बनाउन बाँकेका राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसंग बुधवार छुटछुटै् छलफल गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यको अध्यक्षतामा छलफल भएको छलफलमा राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखलाई अध्यक्ष बैश्यले महोत्सव आयोजनाको औचित्य र तयारीबारे जानकारी गराएका थिए । कार्यक्रममा राजनीतिक दल र सरकारी निकायका प्रमुखले संघले आयोजना गर्ने महोत्सवलाई आफुहरुले महत्वका साथ हेर्ने गरेको भन्दे सहयोगको प्रतिवद्धता जनाए ।
छलफलमा नेकपाका नेता अशोक कोइराला, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल लगायतको सहभागिता थियो । यस्तै सरकारी कार्यालयका तर्फबाट वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटनरी अस्पताललगायतका कार्यालय प्रमुखहरुको सहभागिता थियो ।
यसैबीच नेपालगञ्ज उद्योग वाणिज्य संघले विभिन्न कार्यक्रम गर्दै आएपनि गत वर्ष सञ्चालित महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन । आर्थिक दुरुपयोग भएकोले आयव्यय सार्वजनिक नगरिएको सरोकारवालाले आशंकासमेत व्यक्त गरेका छन् । महोत्सवमार्फत ठुलै धराशि संकलन हुने गरेको भन्दै सरोकारवालाले आयव्यय सार्वजनिक नगर्दा भ्रष्टाचार भएको हुनसक्ने शंका लागेको बताए ।

Next Post

ललितपुरमा पानी जहाज कार्यालय स्थापना

१ फाल्गुन २०७५, बुधबार १८:४७
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल सरसरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीवार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरे । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सहसचिवले गर्नेछन् । कार्यालयमा […]

सम्बन्धित