खजुराको गाउँसभा आजपनि स्थगित

१ फाल्गुन २०७५, बुधबार १८:२५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको चौथो गाउँसभा बुधवार पनि स्थगित गरिएको छ । बुधवार बसेको गाउँसभाले फागुन ८ गते विहान ११ बजेसम्का लागि बैठक स्थगित गरेको हो ।
गाउँसभामा राखिएको प्रमुख प्रस्ताव गाउँपालिका कहाँ राख्ने र व्यवस्थित खेल मैदान कुनस्थानमा बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि फागुन ८ गतेका लागि सभा स्थगित गरिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
सभा स्थगित हुनुअघि भएको प्रस्ताव खजुरा गाउँपालिकालाई चैत्र मसान्तभित्र पूर्ण साक्षर घोषणा गर्नेअनुरुप ५ लाख बजेट विनियोजन गर्ने बारेमा सभाले सर्वसम्मतले पारित गरेको छ ।

Next Post

प्रादेशिक महोत्सवबारे कार्यालय प्रमुखसँग छलफल

१ फाल्गुन २०७५, बुधबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा हुने प्रादेशिक महोत्सव २०७५ लाई सफल बनाउन बाँकेका राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसंग बुधवार छुटछुटै् छलफल गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यको […]