निष्ठावान भएर काम गर्न प्रजिअको सुझाव

२९ माघ २०७५, मंगलवार १६:२६
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गले विकास निर्माणका लागि निष्ठा र ईमान्दारीता आवश्यक रहेको वताएका छन् । निर्माण व्यवसायी संघ बर्दियाको १६औ बार्षिक साधारणसभाको मंगलवार उद्घाटन गर्दै उनले निष्ठा भए कुनै काम असम्भव नभएको वताए ।
बर्दियामा ठुल्ठुला राष्ट्रीय आयोजना सञ्चालनमा रहेपनि बिकासको हिसावले अन्य जिल्लाको तुलनामा बर्दिया अगाडी बढ्न नसकेकोमा दुःख व्यक्त गर्दै प्रजिआ कुरुङ्गवाङ्गले विकासका लागि कर्मचारी र निर्माण व्यवसायी ईमान्दार हुनुपर्नेमा जोड दिए । आफु बर्दिया प्रमुख भएर आएको ९ महिने कार्यकालमा कुनैपनि निर्माण व्यवसायीसंग अनुचित सम्वन्ध र लाभ नलिएको उनले दाबी गरे ।
कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबि सिँहले निर्माण व्यवसायीहरुले अत्याधिक घटीमा कुनैपनि ठेक्का नलिन निर्देशन दिए । कम मूल्यमा ठेक्का लिने निर्माण व्यवसायीलाई संरक्षण नगरिने केन्द्रीय अध्यक्ष सिँह चेतावनी दिए ।
कम मूल्यमा लिईएका ठेक्काबाट निर्मित संरचाना गुणस्तरीय नहुने भएकाले यस्ता कामलाई निरुत्साहित गर्नुपर्ने भन्दै उनले ५ करोड सम्मको काम स्थानीय निर्माण कम्पनीलाई दिनुपर्ने सुझाव दिए ।

Next Post

विद्यापीठका विद्यार्थीले वनाए ‘च्यवनप्राश’

२९ माघ २०७५, मंगलवार १६:२६
सदरलाइनडटकम, दाङ : दाङको विजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठका बिद्यार्थीहरुले च्यवनप्राश तयार पारेका छन् । उत्तर माध्यमा दोस्रो र तेस्रो बर्षका बिद्यार्थीहरुले डेढ महिना लगाएर उक्त च्यवनप्राश बनाएका हुन् । मंगलवार एक कार्यक्रम गरि उत्पादन भएको च्यवनप्राशका बारेमा जानकारी गराईएको थियो । क्याम्पसका प्राचार्य माधव अधिकारीको अध्यक्षता एबम् तुतसीपुर […]