सदरलाइनडटकम,
दमौली : बलात्कार अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमवार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
कुमालले सोमवार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलाशले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चालान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको पोखरेलले बताए ।
Next Post
निष्ठावान भएर काम गर्न प्रजिअको सुझाव
२९ माघ २०७५, मंगलवार १०:५५
सम्बन्धित
-
२४ माघ २०७७, शनिबार १६:१९
कैलालीमा ढिस्कोमा पुरिएर तीनको मृत्यु, २ घाइते
-
१६ माघ २०७६, बिहीबार १६:१८
संस्कृत शिक्षा दिने विद्यालय नेपालगञ्जमा खुल्यो
-
१ जेष्ठ २०७५, मंगलवार २०:१४
अन्तर विद्यालय फुटबल : सिनियर तर्फ जिभिएन र जनज्योति विजयी
-
२४ जेष्ठ २०७८, सोमबार १७:०३
मन्दिरबाट नगदसहित २ तोला सुन चोरी
-
१६ कार्तिक २०७८, मंगलवार १६:१९
नेपालगञ्जमा ‘वेष्टर्न मार्ट’ मंगलबारदेखि सञ्चालनमा
-
१ श्रावण २०७३, शनिबार १३:००
जिविस बाँके एमसिपिएममा मुलुककै दोस्रो स्थानमा