सुरक्षा बलको कारबाहीमा कश्मीरमा पाँच लडाकुको मृत्यु

  
  प्रकाशित मितिः सोमवार, माघ २८, २०७५       | 16 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : भारत प्रसाशित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भिडन्तमा ५ लडाकु मारिएका हुन् ।
लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रीय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो । आइतवार बिहान ६ बजेबाट शुरु भएको कारबाही मध्याह्न १२ बजेसम्म चलेको थियो । कारबाहीका क्रममा ५ जना स्थानीय लडाकु मारिएको र उनीहरुको साथबाट भारी मात्रामा हतियार तथा अन्य सैन्य सामग्री बरामद गरिएको भारतीय अधिकारीले जनाएका छन् ।
भारतीय सैनिक कारबाहीपछि त्यहाँ विशाल भारत विरोधी प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको बताइएको छ ।

प्रकाशित मितिः सोमवार, माघ २८, २०७५     3:29:09 PM  |