व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना

  
  प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       | 19 Views   ||

सदरलाइनडटकम,
जानकी (बाँके) : श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुलकुमार पाठकले व्यक्तिगत लगानीमा मुर्ति स्थापना गरेका हुन् ।
आइतवार श्रीपञ्चमीका अवसरमा मुर्तिको स्थापना गरिएको हो । शिक्षक पाठकले बिद्यालयको चोतर्फी पर्खाल निर्माण भए आफुले बिद्यालयमा सरस्वती माताको मन्दिरसहितको मुर्ति राखिदिने प्रतिबद्धता अनुसार बिद्यालय परिसरमा मुर्ति स्थापना गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अलि हलवाईले बताए ।
शिक्षक पाठकले भारतको आयोध्याबाट सरस्वती माताको मुर्ति ल्याएर मन्दिर निर्माण गरि स्थापना गरेका हुन् । करीब ६० हजार लगानीमा मन्दिरको चारैतिर टायल, स्टीलको प्रयोग गरि निर्माण गरिएको छ । बिगतमा बिद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने उक्त बिद्यालयमा अहिले सबैको सहयोग र साथले बिद्यालय राम्रो बन्दै गएको बिद्यालयका प्रधानाध्यापक मोहम्मद आलमिन राईले बताए । मुर्ति स्थापनासंगै आइतवार बिद्यालयमा भण्डारा पनि शिक्षक पाठकको लगानीमा सञ्चालन गरिएको छ ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     5:43:43 PM  |