कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने

२५ माघ २०७५, शुक्रबार २२:४७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर औद्योगिक, ब्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ दुई दिन थप गरी सोमबार २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
गत माघ १४ गतेदेखि सञ्चालनमा रहेको मेलाको पूर्व निर्धारित समय अनुसार शुक्रबार समापन हुने कार्यक्रम तय भएको भएपनि दर्शकको मागलाई ध्यानमा राखेर दुई दिनका लागि महोत्सवको मिति बढाईएको आयोजक कोहलपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार बिष्णु बेल्बासेले जानकारी दिए ।

Next Post

नेपाली क्रिकेटरको रोकिएको तलब निकासा

२५ माघ २०७५, शुक्रबार २२:४७
सदरलाइनडटकम, काठमाण्डौ : नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । २०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको […]