सिके राउतका नौ कार्यकर्तामाथि राज्यविरुद्धको मुद्दा

२५ माघ २०७५, शुक्रबार १९:००
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँके प्रहरीले राष्ट्रीय एकतामा खलल पुर्याउने गतिविधि गरेको भन्दै बाँकेबाट सिके राउतका कार्यकर्तालाई पक्राउ गरेको छ । माघ २१ गरेका पक्राउ परेका ९ जनालाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए ।
जानकी गाउँपालिका ६ कपासीका राममनोहर यादवको श्रद्धाञ्जलीसभामा सहभागी सिके राउतका कार्यकर्ताले राष्ट्रीय अखण्डताविरुद्ध मन्तव्य दिएपछि पक्राउ गरिएको उनले बताए । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार सो घटनामा २१ जना पक्राउ परेकोमा छानविन पछि अन्यलाई रिहा गरी वीरेन्द्र शाहसहित ९ जना माथिल्लो तहका नेता कार्यकर्तालाई मुद्दा चलाइएको हो ।

Next Post

सांसद वलीको उपचारमा मुख्यमन्त्री पोखरेलको गहन चासो

२५ माघ २०७५, शुक्रबार १९:००
सदरलाइनडटकम, नेपालगञ्ज  :  बिहीबार दाङ्गमा भएकाृ सडक दुर्घटनामा परी घाइते भएका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य उत्तरकुमार वलीको काठमाण्डौमा उपचार भईरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विहिबार दुर्घटनामा घाइते भएका दाङ्गबाट निर्वाचित प्रदेश सदस्य वलीको उपचारका लागि नेपालगञ्ज हेलिकप्टर पठाएर काठमाण्डौ लैजान पहल गरी उनको उपचार विशेषज्ञ डाक्टर […]

सम्बन्धित